आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू पानी पर्ने

पालिका डायरी
२६ बैशाख २०७९, ०७:३०
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरू मेघगर्जन सहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।

त्यसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेने महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया