एमालेको घरदैलो कार्यक्रम तिब्र, हेटौंडा–१, २ र १० मा मेयर र उपमेयरका उम्मेदवार सहित भोट माग्दै

पालिका डायरी
२५ बैशाख २०७९, ०८:५४

हेटौंडा /  नेकपा एमालेका उम्मेदवारहरुले हेटौंडामा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । आफ्ना पक्षमा भोट माग्दे घरदैलो कार्यक्रम गरेका छन् । आजै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१, २, र १० मा घरदैलो कार्यक्रम गरिएको हो । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले, वडा अध्यक्ष र वडा सदस्यहरुका उम्मेदवार सहित आज घरदैलो कार्यक्रम गरिएको हो ।

हेटौंडाको चौकीटोल सिरान झोलुङ्गे पुलबाट सुरु भएको घरदैलो कार्यक्रम हेटौंडा–२ का बिभीन्न स्थान र हेटौंडा–१० का टोलटोलमा पुगेको थियो । उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता पनि स्थानीय वासिन्दाहरु समक्ष राखेका छन् । एमालेले यस अघि हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्दा धेरै राम्रा काम गरेको र अब पनि बिकास निर्माणसंगै नागरिकको घरघरमा पुगेर जिवीको पार्जन संग जोड्ने मेयर पदका उम्मेदवार पौडेलले बताउनुभयो ।

यस्तै उपमेयर पदका उम्मेदवार काफ्लेले नागरिकले एमालेको पक्षमा मत हालेमा आफुहरुले पाँच वर्ष सम्म सेवा गर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा–१ का वडा अध्यक्षका उम्मेदवार उत्तम पौडेल, सदस्यहरु र हेटौंडा २ का वडा अध्यक्षका उम्मेदवार हरि राउत, सदस्यहरु लगायतका नेता कार्यकर्ताहरुले चुनाबको घरदैलो अभियानमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया