आमा-बुवाको हत्या आरोपमा छोरा पक्राउ

पालिका डायरी
२३ बैशाख २०७९, १४:०४
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपकस्थित गोटीछाँगामा छोराले वृद्ध बुवाआमाको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार छोरा आइतराज लिम्बूले बिहीबार बेलुका ७० वर्षीय बुवा बृखवहादुर र ७२ वर्षीया आमा फिपरानीको हत्या गरेका हुन्।

२५ वर्षीय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए। मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ। घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा गरेका थिए। आइतराज भेडाको गोठमा बस्ने गर्थे। एकसाता अघिमात्रै भएको पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया