मकवानपुरमा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु

पालिका डायरी
१९ बैशाख २०७९

मकवानपुरको बकैयामा तराइलाई काठमाण्डौं जोड्ने दु्रतमार्ग निर्माण गर्नेक्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
तीनै जना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले बताए । अरु तीन जना घाइते भएका छन् । दुत मार्ग काम गरिरहेको लोडर एक्कासि सिमात खोलमा खस्दा लोडरमा रहेका ६ जना मध्यमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अरु ३ जना घाइते भएका छन् ।

काठमाडौं जोड्ने दुत मार्ग अन्तर्गत मकवानपुरको बकैया–११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते र मृतक उक्त कार्यमा काम गर्ने चिनिया नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । घाइतेलाई उद्धार गरी हेटौंडा ल्याइएको जनाइएको छ। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।

प्रतिक्रिया