राप्रपाका प्रभावशाली नेता एमाले प्रवेश

पालिका डायरी
१८ बैशाख २०७९, २०:१३
राप्रपाका प्रभावशाली नेता एमाले प्रवेश गरेसँगै मकवानपुरगढीमा हलचल

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खिलप्रसाद चौलागाइैं नेकपा एमाले प्रवेश गरेका छन् । गत निर्वाचनमा राप्रपा पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रही ९ सय ५० मत ल्याएका चौलागाईं आज नेकपा एमाले प्रवेश गरेका छन् ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको संघारमा राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्ष रहेका चौलागाईं आइतबार हेटौंडामा भएको आमसभामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमालेमा प्रवेश गरेका हुन् ।

उनीसँगै राप्रपा नेता कृष्णबहादुर विडारी, कृष्ण बञ्जारा, भूमिनन्द तिमल्सिनालगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका हुन् । चौलागाईं झण्डै ४ दशकदेखि सक्रिय राजनीतिमा छन् ।

मकवानपुरगढीमा चौलागाईंलाई इमान्दार नेताका रुपमा लिइन्छ । राप्रपाको सानो संगठन हुँदापनि उनले गत निर्वाचनमा ल्याएको मतले धेरैलाई आश्चर्यमा पारेको थियो ।

कार्यक्रममा मकवानपुरगढीबाट कांग्रेस र माओवादी पार्टी परित्याग गरी ५० जना भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । आमसभामा जिल्लाभरबाट करिब ७ सय जना एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया