प्रेस चौतारीद्वारा सूचना केन्द्र स्थापना

पालिका डायरी
११ बैशाख २०७९, १९:५४
प्रेस चौतारीद्वारा सूचना केन्द्र स्थापना

हेटौंडा /  प्रेस चौतारी नेपाल मकवानपुरले सूचना केन्द्र स्थापना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागि चौतारीले आइतबार सूचना केन्द्र स्थापना गरेको हो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जिल्ला पार्टी कार्यालयमा सूचना केन्द्रको उद्घाटन गर्नुभयो । उहाँले सूचना केन्द्रको माध्यमबाट नेकपा एमालेले आसन्न निर्वाचनका तयारीका लागि गर्ने गतिविधिहरु, एमालेका घोषणा, योजना तथा प्रतिबद्धताहरु सबै जनतामाझ पुग्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले सोमबार नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, १९ वटै वडाहरुका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले एकसाथ उम्मेदवारी दिने पनि जानकारी दिनुभयो । बिहान १० बजे पार्टी कार्यालयमा जम्मा भएर एकसाथ २ हजार जना भन्दा बढिको उपस्थितिमा र्‍यालीसहित उम्मेदवारी दिने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल बागमती प्रदेश महासचिव प्रकाश दाहालको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया