काठमाडौं महानगरपालिकाको मेयरकाे उम्मेदवार बन्न प्रदेशसभा सदस्य स्थापितले दिए राजीनामा

पालिका डायरी
११ बैशाख २०७९, १२:०३
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्न प्रदेशसभा सदस्य स्थापितले दिए राजीनामा

हेटाैंडा / वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । उनी डोरमणी पौडेल मुख्यमन्त्रीहुँदा भौतिक पुर्वाधार मन्त्री समेत बनेका थिए ।

मेयरमा विजयी भए त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने उदेश्य रहेको बताए ।

प्रतिक्रिया