चुनाव नेपालमा, प्रचार समिति विदेशमा

पालिका डायरी
९ बैशाख २०७९, १६:०३
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

नेकपा माओवादी केन्द्रले प्रवासका विभिन्न देशमा संगठित पार्टी कार्यकर्तालाई समेटेर स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसार समिति गठन गरेको छ । पार्टीको विदेश विभागअन्तर्गत नेपाली जनप्रगतिशील मञ्चले पश्चिम एसिया क्षेत्रस्तरीय चुनाव प्रचारप्रसार समिति बनाएको हो ।

पार्टी केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका सह–इञ्चार्ज लक्ष्मण पन्त, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, सचिव टिबी पाठकलगायतको उपस्थितिमा गतसाता बसेको बैठकले प्रचारप्रसार समिति गठन गरेको जनप्रगतिशील मञ्च पश्चिम एसियाका सचिव तथा प्रवास समन्वय समिति सदस्य हरि नेपालीले जानकारी दिए ।

शनिकुमार ओलीको संयोजकत्वमा गठित समितिमा कतार, यूएई, साउदी अरब, बहराइन, ओमान, कुवेत र इजरायलमा संगठित माओवादी केन्द्रका कार्यकर्ताहरु सदस्य छन् । नेपालीका अनुसार विदेशमा रहेर पत्रकारिता गरेका र मिडिया बुझेका पार्टी सम्बद्ध व्यक्तिहरुलाई समितिमा समावेश गरिएको छ । नेपाली आफैं जनयुद्धकालदेखि नै पत्रकारितामा संलग्न रहँदै आएका छन् ।

प्रतिक्रिया