नागढुंगाबाट ६ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

पालिका डायरी
९ बैशाख २०७९, १२:३५
नागढुंगाबाट ६ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले ६ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ घर भई ३० वर्षीय रामकृष्ण भण्डारी रहेका छन् ।

काकरभिट्टादेखि काठमाडौंतर्फ आउदै गरेको प्र.१-०२-००१ख ९५२६ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा नागढुंगाबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

उनको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम, नाइट्राभाइट ट्याबलेट ४ वटा, ओप्पो मोबाइल र परिचयपत्र बरामद गरेको छ । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्‍याद अनुमति लिई महानगरीय प्रहरी वृत थानकोटले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया