सुनको भाउ स्थिर, चाँदीको घट्यो

पालिका डायरी
९ बैशाख २०७९, ११:३२
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

शुक्रबार सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ रहेको छ । यता, शुक्रबार चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया