भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु, ४ घाइते

पालिका डायरी
९ बैशाख २०७९, १०:१३
भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु, ४ घाइते

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला आज (शुक्रबार) कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच झडप भएको छ । प्रधानमन्त्री मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी समूहहरुसंग झडप भएको जनाइएको छ ।

झडपमा अहिलेसम्म २ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । झडपमा ५ जना आतंककारीहरु मृत्यु भएकाे भारतीय संचार माध्यमले जनाएका छन् । आतंकवादीहरु स्थानीय पसल तथा घरमा लुकेको आशंकामा सुरक्षाकर्मीले खोजी तीब्र बनाएका छन् । जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले उक्त क्षेत्रमा शुक्रबार बिहान ४ बजेदेखि मुठभेड भएको बताएका छन । प्रधानमन्त्री नरेन्द्र मोदी आगामी आइतबार जम्मु कश्मिरको भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।

भारतले जम्मु कश्मिरलाई स्वायत्त राज्यको मान्यता दिने संवैधानिक ब्यवस्था खारेज गरेपछि प्रधानमन्त्री मोदी पहिलो पटक कश्मिर जान लाग्नु भएको हो ।

प्रतिक्रिया