एमालेले आज स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै

पालिका डायरी
९ बैशाख २०७९
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (शुक्रबार) स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।

७४ औं पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । थापाथलीमा रहेको पार्टी मूख्यालय शुक्रबार नै ललितपुरको च्यासलस्थित तुल्सीलाला अमात्यस्मृति भवनमा सारेर त्यहींबाट घोषणापत्र सार्वजनिक गरिने एमाले सचिवालयले जनाएको छ ।

एमाले महानगरहरु र उपमहानगरहरुका उम्मेदवारको सूची भने शनिबार मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि घोषणापत्र ल्याईसकेका छन् ।

प्रतिक्रिया