नेकपा एमाले हेटौंडा ११ काे चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन
बासुदेव बिष्ट
हेटाैंडा / नेपाल कम्युनिष्ट पार्टी एमाले हेटौडा ११ वडा कमिटीको बुधबार चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय चुनाव लक्षित गर्दै आज बिहान उद्घाटन गरिएको हो ।
हेटौंडा ११ स्थीत नवलपुर बजारमा आज नेकपा एमाले ११ नं. वडाको चुनाव प्रचार प्रसार कार्यालयको प्रमुख अतिथि तथा नेकपा एमालेको जिल्ला इन्चार्ज रामेश्वर रानाले वाचन गरेर उद्घाटन गरेको हुन । हालको अस्तव्यस्त अवस्थाको हलको लागि नेकपा एमालेको जीतको आवश्यकता भएको र नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका र ११ नं. वडा मा पनि जीत हासिल गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रम नेकपा एमाले ११ नं. वडा कमिटीका अध्यक्ष कृष्ण प्रसाद उप्रेतीकाे अध्यक्षता भएको थियो भने जुनेली श्रेष्ठ, मकवानपुर जिल्ला कमिटीका अधयक्ष एकलाल श्रेष्ठ, ११ नं. वडाका वडा अध्यक्ष गोकर्ण पराजुली, ११ नं. वडा इन्चार्ज रामचन्द्र न्यौपाने, सुमित्रा काफ्ले, जुना दाहाल लगायतको उपस्थिति रहेको थियो।