भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो: प्रधानमन्त्री देउवा

पालिका डायरी
६ बैशाख २०७९, १६:१२
भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो: प्रधानमन्त्री देउवा file photo

काठमाडौँ  /  नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् । चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनका कारण भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था देखिएको बताएका हुन् । उनले भरतपुर महानगरमा गठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि आग्रह गरेका थिए । ‘

आज सभापतिसँग बालुवाटारमा कुरा भएको हो । उहाँले भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो भन्नुभयो,’ सभापति खनालले भने । ०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो । कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर भएकी थिइन् । बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए । चितवन कांग्रेसले यसपालि भरतपुर महानगरमा पार्टीबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै आएको थियो ।

प्रतिक्रिया