हिन्दी डब सिनेमा नेपालमा चलाउन नदिन बोर्डको आग्रह

पालिका डायरी
६ बैशाख २०७९
‘पुष्पा’बाट किन हटाइयो अल्लूको न्यूड दृश्य ?

चलचित्र विकास बोर्डको सिफारिस मान्दै तालुकदार मन्त्रालयले त्यसलाई कार्यान्वयनमा लैजाने हो भने अब हिन्दी भाषामा डब गरिएका भारतीय क्षेत्रीय चलचित्र प्रदर्शन हुने छैनन् । चलचित्र विकास बोर्डको आज बसेको बैठकले डब सिनेमा चलाउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बोर्ड बैठकले नेपालमा विदेशी डब सिनेमा चल्न नदिने निर्णय गर्न आग्रह गर्दै मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।

“आजको हाम्रो बैठकले अन्य भाषामा बनेर हिन्दीमा डब गरिएका चलचित्र चलाउन नदिने मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ,” बोर्ड अध्यक्ष दाहालले भने, “हाम्रो उद्देश्य विदेशी सिनेमालाई प्रतिबन्ध गर्ने होइन । डब सिनेमा नआऊन् भन्ने मात्रै हो । आजै सञ्चार मान्त्रायललाई निर्णय पत्राचार गर्नेछौँ ।”

यदि, यो निर्णय लागु हुने हो भने तमिल, मराठी भोजपुरी अथवा भारतका अरू क्षेत्रीय चलचित्र उद्योगमा बनेर हिन्दीमा डब भएका सिनेमा नेपालमा प्रदर्शन हुन पाउने छैनन् । यद्यपि, विदेशी सिनेमाका रूपमा भने तमिल, मराठी, भोजपुरी अथवा जुनसुकै भाषामा बनेका चलचित्र त्यही भाषामा भने रिलिज गर्न पाइनेछ । यसका लागि बोर्ड सधैँ सकारात्मक रहेको बोर्ड अध्यक्ष दाहाल बताउँछन् ।

केही समय अगाडि तेलुगू भाषामा निर्माण भएर हिन्दीमा डब गरिएको चलचित्र ‘पुष्पा’ नेपालमा पनि प्रदर्शन भएको थियो । यो चलचित्रसँगै प्रदर्शनमा आएको नेपाली सिनेमा ‘चपली हाइट–३’ ले शो बाँड्नुपरेको थियो । ‘पुष्पा’ले उच्च शो पाएको थियो भने ‘चपली हाइट–३’ सीमित शोमा खुम्चिन पुगेको थियो ।

पुष्पाले उच्च व्यापार गर्दा ‘चपली हाइट–३’ बक्सअफिसमा कमजोर सावित भएको थियो । नेपाली चलचित्रलाई ‘पाखा’ लगाएर डब सिनेमालाई प्राथमिकता दिएको भन्दै नेपाली चलचित्रका वितरक र प्रदर्शकको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया
AlluArjun-Rashmika_Pushpa_Saami-Saami_Youtube_201221_12001640578538-1024×683