ताेलामा ४०० रुपैयाँले घट्यो सुनकाे मूल्य

पालिका डायरी
६ बैशाख २०७९, १३:२३
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । प्रति ताेलामा ४०० रुपैयाँले घटेर एक लाख दुई हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

हिजाे सुन प्रति ताेला एक लाख दुई हजार ५ सयमा काराेबार भएकाे थियाे । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला एक हजार ४२० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया