कमल थापाको दाबी– राजसंस्था पुनर्स्थापनाको सम्भावना सकियो

पालिका डायरी
३ बैशाख २०७९, १२:०६
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नरहेको टिप्पणी गरेका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेको भन्दै अब राजसंस्था पुनर्स्थापना नहुने बताएका हुन् । थापाले राप्रपाले हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना गर्नु परेको बताए । उनले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको आरोप समेत लगाए । ‘अहिले राप्रपाका साथीहरु हामीले कमाइदिएको पुँजीमा रमाउनु भएको छ, थापाले भने । साथै, उनले राप्रपा नेपालको तुनाव चिन्ह बुझाँउन गाह्रो भएकाले सूर्य चिन्हबाट चुनाव लड्न लागेको स्पष्ट पारेका थिए । file photo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेको भन्दै अब राजसंस्था पुनर्स्थापना नहुने बताएका हुन् ।

थापाले राप्रपाले हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना गर्नु परेको बताए ।

उनले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको आरोप समेत लगाए ।

‘अहिले राप्रपाका साथीहरु हामीले कमाइदिएको पुँजीमा रमाउनु भएको छ, थापाले भने ।

साथै, उनले राप्रपा नेपालको तुनाव चिन्ह बुझाँउन गाह्रो भएकाले सूर्य चिन्हबाट चुनाव लड्न लागेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया