नेप्सेमा भारी गिरावट, २३३ कम्पनीको २ अर्ब २६ करोड ७ लाखको कारोबार

पालिका डायरी
२८ चैत्र २०७८, १६:१६

सातामा कारोबार भएको पहिलो दिन आज (सोमबार) पनि सेयर बजारमा भारी गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ । नेप्से १.८१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.३८ अंकले घटेर ४५४.३७ विन्दुमा पुगेको छ ।

कूल २३३ वटा कम्पनीको ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ ।

प्रतिक्रिया