मनोरञ्जन कर बुझाउन काठमाण्डौ महानगरको ताकेता

पालिका डायरी
२७ चैत्र २०७८, ११:१६
मनोरञ्जन कर बुझाउन काठमाण्डौ महानगरको ताकेता

काठमाण्डाै / काठमाण्डौ महानगरपालिकाले मनोरञ्जन कर बुझाउन सम्बन्धित क्षेत्रलाई ताकेता गरेको छ । महानगरले सूचना निकालेर मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय गर्ने व्यक्ति र संस्थालाई कर बुझाउन आग्रह गरेको हो ।

वाग्मती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ ले तोकेको दररेट अनुसार महानगरभित्रका व्यवसायलाई राजस्व विभागमा कर बुझाउन भनिएको छ ।

दररेट अनुसार चलचित्र टिकटबापत ५ प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति ५० रुपैयाँ, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा रात्रिक्लब प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति २० रुपैयाँ र सांस्कृतिक प्रदर्शन हल, थियटर वा नाटक घर, फनपार्क, वाटर गार्डेन, बालउद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्पा, स्विमिङ्ग पुल, पार्क प्रवेश गर्दा एकमुस्ट प्रति टिकट ५ प्रतिशत बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया