काठमाडौंको मेयर बन्ने दौडबाट पछि हटे भुवन केसी

पालिका डायरी
२६ चैत्र २०७८, १५:१७
काठमाडौंको मेयर बन्ने दौडबाट पछि हटे भुवन केसी काठमाडौंको मेयर बन्ने दौडबाट पछि हटे भुवन केसी

निर्देशक तथा अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले महानगरकाे मेयरबाट पछि हटेकाे जानकारी गराएका हुन् ।

अभिनेता केसीले प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन् ।

यसैगरी उनले हालसम्म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी दिए ।

अभिनेता केसीले उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिन लागेका थिए।

प्रतिक्रिया