भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

पालिका डायरी
२६ चैत्र २०७८, १४:१८
नेपाल बन्द घोषणा भएपछि सरकारको यस्तो निर्देशन काठमाडौं । बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो । ‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ। सरकारले एमसीसीलाई भोलि संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरुले नेपाल बन्दको आह्वान गरेका छन् ।

सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया