‘सूर्य चिन्ह लिएर चुनावमा उठ्ने सम्भावना छ’– कमल थापा

पालिका डायरी
२५ चैत्र २०७८
देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प छैन : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् ।

एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए ।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएका छौं । एमालेका केन्द्रीय तहका नेताहरुसँग छिट्टै दुईपक्षीय कुरा गरेर निष्कर्षमा पुर्‍याउने छौं ।’

पार्टीको केन्द्रीय कार्यसमितिले साझा चुनाव चिन्हबारे निर्णय गर्ने अधिकार आफूसहितका पदाधिकारीलाई दिएको उनले बताए । उनले अघि भने, ‘राजनीतिक, कानुन र व्यवहारिक रुपमा सम्भव भयो र एमालेसँग साझदारी कायम हुनसक्यो स्थानीय चुनावमा एमालेकै चुनाव चिन्ह सूर्य लिएर उठ्ने सम्भावना छ ।’

प्रतिक्रिया