निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गर्ने आयोगको चेतावनी

पालिका डायरी
२५ चैत्र २०७८, १८:५१
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीको जाँचबुझ गर्ने आयोगको तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

आज (शुक्रबार) निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने बताउनुभएकाे हाे ।

उल्लंघन गर्ने जो कोहीलाई पनि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ । निर्वाचनको आचारसंहिता उलंघन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैब तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुननहुने पनि स्पष्ट पारेको छ ।

निर्वाचन प्रचारप्रसारको क्रममा सामाजिक सञ्जाल प्रयोग गर्न पाइने तर त्यसको दूरुपयोग भने नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो ।

प्रतिक्रिया