भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

पालिका डायरी
२४ चैत्र २०७८, १३:००
आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज बिहीबार र भोलि शुक्रबार बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त इश्वरी पौडेलले एक÷दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको इमेज च्यानललाई जानकारी दिनुभयो ।

मतदानको कति दिन अगावैदेखि आचारसंहिता लागू हुने भन्ने उल्लेख नगरिए पनि आयोगले तोकेको मितिदेखि लागु हुने व्यवस्था ऐनमा रहेको पौडेलले बताउनुभयो ।

आसन्न निर्वाचनका हकमा भने करिब पैतीस दिन अगावैदेखि आयोगले आचारसंहिता लागू गर्न खोजेको हो । निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न सरकारले पाउने छैन् ।

प्रतिक्रिया