चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलकाे निर्णय

पालिका डायरी
२१ चैत्र २०७८, १४:२५
चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलकाे निर्णय

चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज साेमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सात वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गर्ने निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । चितवनमा भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी छाडेका छैनन् । माओवादी केन्द्रले रेणु दाहाललाई नै मेयरमा दोहोर्‍याउने अडान लिएको छ, कांग्रेसले भने २०७४ सालको चुनावमा माओवादीलाई समर्थन गरेकाले अहिले महानगरको मेयर आफूहरूले पाउनुपर्ने बताउँदै आएको छ ।

सात वटा पालिका रहेको चितवनमा गएको चुनावमा चार वटा एमालेले, दुई वटा माओवादीले र एउटा पालिका नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया