आज चार सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर

पालिका डायरी
२० चैत्र २०७८, १२:००
सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य फाईल फोटो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार तीन सय रुपैयाँ तोकिएको छ।

छापावाल सुनको अघिल्लो कारोबार मूल्य ९९ हजार सात सय रुपैयाँ रहेको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९८ हजार आठ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्यमा भने आज कुनै घटबढ भएको छैन। चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया
sun सर्वसाधारणको पहुँच बाहिर सुनको मूल्य