प्रधानमन्त्री देउवा बनारसमा, उत्तर प्रदेशका मुख्यमन्त्रीले गरे स्वागत

पालिका डायरी
२० चैत्र २०७८, ११:४०
प्रधानमन्त्री देउवा बनारसमा, उत्तर प्रदेशका मुख्यमन्त्रीले गरे स्वागत

काठमाडौं / भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार उत्तर प्रदेशको ऐतिहासिक धार्मिक शहर बनारस पुग्नुभएको छ ।

एअर इण्डियाको विशेष विमानबाट बनारस पुग्नुभएका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको छ ।

बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री आदित्यनाथले शिष्टाचार भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।

बनारसको कार्यक्रम सम्पन्न गरेर नयाँ दिल्ली फर्केर देउवा आजै साँझ स्वदेश आउनु हुनेछ ।

प्रतिक्रिया
pm-deuwa-1