श्रीलंकामा बिजुली बचाउनका लागि निभाउन थालियो सडकबत्ती

श्रीलंकामा चरम आर्थिक संकट आएपछि बिजुली बचाउन सरकारले सडकबत्ती निभाउने निर्णय लिएको छ । देशमा व्यापक लोडशेडिङ चलिरहेको छ र उसको प्रमुख स्कट मार्केटमा कारोबार ठप्प छ ।
अहिले दिनको १३ घन्टासम्म बिजुली गइरहेको छ किनकि सरकारसँग इन्धन आयातका लागि पर्याप्त विदेशी मुद्रा छैन ।
अत्यावश्यक वस्तुको अभाव र आकासिएको महंगीका कारण श्रीलंकालीहरू पहिले नै चपेटामा परेका छन् । सरकारले आर्थिक व्यवस्थापन राम्रोसँग गर्न नसकेको भन्दै राजधानी कोलम्बोमा हिंसात्मक प्रदर्शन भएपछि कर्फ्यु लगाइएको छ ।
सयौं विरोधकर्ताहरू राष्ट्रपति गोटाबाया राजपक्षेको निजी निवासमा बिहीवार राति भेला भएका थिए । उनीहरूलाई प्रहरीले अश्रूग्यास र पानीको फोहराले हानेर तितरबितर पारेको थियो ।
प्रतिक्रिया