छ्याङ्दी हाइड्रोको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

पालिका डायरी
१७ चैत्र २०७८, ११:४२
छ्याङ्दी हाइड्रोको लिलामी सेयरको बोलपत्र आज खोलिँदै

छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट चैत्र ९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू आज खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँमा दिउँसाे ३ बजे खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८ सय २७ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।

प्रतिक्रिया