आज नेपाल र पपुवा न्युगिनी भिड्दै, खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य

पालिका डायरी
१७ चैत्र २०७८, ०९:३८
विश्वकप छनोटमा नेपालको विजयी सुरूवात, ओमान ३९ रनले पराजित

काठमाडौं / त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज पपुवा न्युगिनीको सामना गर्नेछ ।

घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ ।

श्रृंखलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले बिहीबारको खेल पनि जितेको खण्डमा श्रृंखलाको फाइनलमा पुग्नेछ ।

तीन टोली सम्मिलित श्रृंखलमा दुई दुई खेलको समाप्तीसम्म नेपाल ४ अंकसहित शिर्ष स्थानमा रहँदा मलेसिया दुई अंकसहित दोस्रो तथा अंकबिहिन पपुवा न्युगिनी तेस्रो स्थानमा रहेको छ ।

किर्तिपुर मैदानमा बुधबार भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखलामा अग्रता लिएको हो । मलेसियाले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि आसिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले ।

प्रतिक्रिया