स्थानीय निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

पालिका डायरी
१७ चैत्र २०७८, ०९:३३
चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र भागबन्डाबारे छलफल हुने बताइएको छ ।

कांग्रेसले केन्द्रीय कमिटीबाट स्थानीय निर्वाचनमा आवश्यकताअनुसार चुनावी तालमेल गरेर जाने निर्णय गरेपछि पहिलो पटक सत्ता गठबन्धनको वैठक बस्न लागेको हो ।

आगामी वैशाख ३० गते देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । उनीहरुले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया