मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत

पालिका डायरी
१६ चैत्र २०७८, १५:१२
मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला अन्तर्गत अहिले भइरहेको मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो ।
मलेसियाका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे । सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।

नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए ।

करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए । मलेसियामाथि नेपालले जीत हात पारेमा नेपाल फाइनलमा प्रवेश गर्ने संभावना रहनेछ ।

प्रतिक्रिया