पलको मुद्दामा उच्च अदालतले माग्यो थुनामा पठाउन प्रमाण मानिएका कागज

पालिका डायरी
१६ चैत्र २०७८
पल शाहलाई प्रहरीले लियो नियन्त्रणमा

पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

साधारण तारेखको माग गर्दै परेको मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आधार प्रमाणका लागि पेश गरिएका कागजातको प्रमाणित प्रतिलिपि पठाउन आदेश गरेको हो ।

नाबालिगमाथि बलात्कार गरेको अभियोगमा पललाई तनहुँ जिल्ला अदालतले चैत १० मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

सो आदेशविरुद्ध पलले उच्च अदालत पोखरामा दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले कैफियत प्रतिवेदन मगाउन आदेश गरेको अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया