एमालेद्वारा लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा माग

पालिका डायरी
१६ चैत्र २०७८, १४:५५
एमालेद्वारा लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा माग

बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कापट्टा प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारको मिलोमतो भएको आरोप लागउँदै मुख्यमन्त्रीको राजीनामा मागेको छ। एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले आज बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारको नै मिलेमोतो रहेको आरोप लगाउँदै मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको हो।

आर्थिक मिलेमतो रहेको आशंका गरिएको र सोहीअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएपछि उक्त मिलेमतो पुष्टि भएको एमालेको दाबी छ । अव मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले बताए ।

चौधरीले भवनको टेण्डर खोल्दा नै त्यहाँ राखिएका प्रावधानले सेटिङ भइरहेको छ भन्ने देखिएकोले अहिले कार्यकारी प्रमुखले नै सरकारको दबाबमा राज्यलाई नोक्सान पुग्ने काम भएको बताए । उनले अव यस्तो अवस्थामा नसुहाउने र यसबारे छानबिन गनुपर्ने माग राखे ।

सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि बिबादास्पद क्रियाकलापको शृङ्खला शुरु भएको एमालेको आरोप रहेको छ ।

घिमिरेको नियुक्तिपछि भएका विवादास्पद क्रियाकलापले सोमवार पदबाट राजीनामा दिँदा सार्वजनिक गरेको प्रेस विज्ञप्तिले धेरै विषयलाई स्पष्ट पारेको एमालेले जनाएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले अस्पतालको भवन निर्माण ठेक्कामा सेटिङ भएकोले ठेक्का प्रक्रिया खारेज गर्दै राजीनामा दिएको घोषणा गरेपछि धेरैको ध्यान केन्द्रीत भएको थियो ।

प्रतिक्रिया