टिपरको ठक्करले दुई स्कूले बालिकाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव

पालिका डायरी
१६ चैत्र २०७८, १२:५९
accident

काठमाडौं / काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कूले बालिकाको मृत्यु भएपछि उक्त क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ ।

स्थानीय वल्र्ड युथ इन्टरनेशनल स्कूलमा अध्ययनरत रोहन घिसिङका छोरीहरू सृष्टि र श्रेयाको आज बिहान सवा ८ बजे टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गर्दै सडक अबरुद्ध पारेका हुन् । प्रहरीले केही राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ ।

दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कूल लैजाँदै गर्दा टिपरले ठक्कर दिँदा दुई छोरीको घटनास्थलमै मृत्यु भएको र घिसिङ भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

टिपर चालकले टिपर ब्याक गरेर किच्दा दुवै छोरीको मृत्यु भएको घाइते बुबाको भनाई छ ।

प्रतिक्रिया