विवेकशील साझाको कार्यालयमा नाराबाजी, प्रहरी परिचालन

पालिका डायरी
१५ चैत्र २०७८, १४:०१
विवादपछि विवेकशील साझा पार्टी कार्यालय अनिश्चितकाललाई बन्द

विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा प्रहरी परिचालन गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रविरोधी पक्षले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको हो ।

पत्रकार सम्मेलन गर्न पार्टी कार्यालयमा पुगेका आफूहरूलाई रोकेको भन्दै असन्तुष्ट पक्षका नेता–कार्यकर्ताले नाराबाजी गर्दै विरोध जनाएका थिए । दुवै पक्षबीच झडपको स्थिति सिर्जना हुन सक्ने आंकलन गर्दै प्रहरी परिचालन गरिएको हो ।

यसअघि सोमबार विरोध पक्षले मिलन पाण्डे समूहले बैठक राखेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणबारे सार्वजनिक जानकारी दिन पार्टी केन्द्रीय कार्यालयमा आज ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

अध्यक्ष मिश्र पक्षको सो पत्रकार सम्मेलन रोक्न खोजेको थियो । यसका लागि कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारीसमेत गरेको छ । त्यसबाट आक्रोशित भएका नेता कार्यकर्ताले कार्यालयमा हो-हल्ला तथा नाराबाजीमा उत्रिँदै मिश्रको विरोध गरेका थिए ।

प्रतिक्रिया