भीरबाट खसेर प्रहरी जवानको मृत्यु

पालिका डायरी
१५ चैत्र २०७८, १३:५३
भीरबाट खसेर प्रहरी जवानको मृत्यु

सल्यानमा भीरबाट खसेर प्रहरी जवानको मृत्यु भएको छ । ड्युटीका लागि पोस्टमा गएका इप्रका शीतलपाटीमा कार्यरत प्रहरी जवान पवन केसीको नजिकैको भीरबाट खसेर मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

सल्यान प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार उनको ड्युटी सोमबार बिहान २ देखि ६ बजेसम्म थियो । ड्युटीमा नभेटेपछि रातभर उनको खोजतलास गरिएको गरिएको थियो । करिब ५० मिटर तल केसी मृत अवस्थामा भेटिएका थिए ।

ड्युटी पोस्टबाट केही टाढा पर्ने भीरमा उनी किन गए भन्ने नखुलेको र अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए । मृतक केसी पश्चिमरूकुमका हुन् ।

प्रतिक्रिया