आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण लडाइँ : गोकुल बास्कोटा

पालिका डायरी
१४ चैत्र २०७८, १४:३२
आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण लडाइँ : गोकुल बास्कोटा file photo

काभ्रे । पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण लडाइँ भएको बताउनुभएको छ ।

बनेपा नगरपालिकाको ४१औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आगामी निर्वाचन जनादेश र परमादेशबीचको भीषण संघर्ष भएको बताउनुभयो । लडाइँमा जनादेशले विजय प्राप्त गर्ने उहाँको दाबी छ ।

बास्कोटाले भन्नुभयो, ‘जनताको शासन, लोकतन्त्र भनेको यहि हो, हामीले रोजेको व्यवस्था त्यहि हो । त्यसलाई अल्मल्याउने कुरा स्वीकार्य हुँदैन ।’

देशलाई पछाडि धकेल्ने कुरामा नेकपा (एमाले) सहमत हुन नसक्ने बास्कोटाको भनाइ थियो । आफ्नो ठाउँ, पालिका, जिल्ला र समग्र देश निर्माण गर्दै दुनियाँको सामु एक साथ सँग–सँगै अगाडी बढ्न चाहेको बास्कोटाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रम्ख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी, बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादे, लगायतको उपस्थिति रहेको थियो ।

स्थापना दिवसको अवसर पारेर नगरलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया