आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नै तागतमा चुनाव लड्छौं: दाहाल

पालिका डायरी
१४ चैत्र २०७८, १४:२५
हामीलाई आत्मसमर्पणभन्दा मृत्यु स्वीकार्य छ: प्रचण्ड file photo

काठमाडौँ /  पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन् । रोल्पा पुगेका दाहालले निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताए । आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा दाहालले भने । महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत उनले गरे।

आफ्नै नेतृत्वमा २०५२ फागुन १ मा माओवादी सशस्त्र द्वन्द्वको सुरुआत गरेको जिल्ला रोल्पामा आयोजित जनसभालाई सम्बोधन गर्न आएका दाहालले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय पनि गरिएको बताए । गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको हो उनले भने । तत्कालीन केपी ओली सरकारप्रति लक्षित गर्दै दाहालले भने, संविधान र जनयुद्ध तथा जन आन्दोलनले स्थापना गरेका मान्यता उल्ट्याउने देखेपछि गठबन्धन निर्माण गरिएको हो । उक्त गठबन्धनको अझै खाँचो भएको उनको दाबी छ ।

प्रतिक्रिया
Prachanda1640949111