बस पुलबाट खोलामा खस्यो, ४ जनाको मृत्यु

पालिका डायरी
१३ चैत्र २०७८, १७:०१
बस पुलबाट खोलामा खस्यो, ४ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा पुलबाट बस खोलामा खस्दा ४ जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचारका लागि पठाएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनामा २० जना भन्दा घाइते भएको र सामान्य अवस्थाका घाइतेको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको र गम्भिर घाइतेलाई अन्यत्र पठाईएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रतिक्रिया