आज रातिदेखि प्राधिकरणले भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किन्दै

पालिका डायरी
१० चैत्र २०७८, १४:०८
आज रातिदेखि प्राधिकरणले भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किन्दै

नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि ३८ रुपैयाँमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति १२ बजेदेखि सात हजार मेगावाट आवर बिजुली आयात हुने र उद्योगलाई बिजुली दिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया