६५ औं सहकारी दिवस भब्यरुपमा मनाईने

पालिका डायरी
९ चैत्र २०७८, ०६:१४
हेटौंडा

हेटौंडा / मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी भन्ने नाराका साथ ६५ औं सहकारी दिवस बिभिन्न कार्यक्रम गरी भब्यरुपमा मनाईने भएको छ ।

बागमती प्रदेश स्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाई रहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रम सहित सहकारी दिवस मनाईने संयोजक देवकोटाले बताउनुभयो ।

सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले बागमती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रम, हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण र २० गते भुटनदेबी बिद्यालयको चौरबाट र्‍याली सुरु गरी रोयल पार्टी प्यालेसमा प्रवचन, सम्मान तथा पुरस्कार सहित समापन गर्ने कार्यक्रम तय भएको संयोजक देवकोटाले बताउनुभयो । उहाँले सहकारी दिवसको दिन चैत्र २० गते साँझ प्रदेश भरका सहकारीहरुले दिपावली गर्न समेत अनुरोध गर्नुभयो ।

प्रतिक्रिया