नेपाललाई पीएनजीले दियाे १ सय ७४ रनकाे लक्ष्य

पालिका डायरी
८ चैत्र २०७८, १५:३३
नेपाललाई पीएनजीले दियाे १ सय ७४ रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७४ रनकाे लक्ष्य पाएकाे छ ।

दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ७३ रन बनायाे । पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए । यस्तै चार साेपरले २२ र लेगा सिकाले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुई/दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिए ।

आज नेपालका भीम सार्कीले एकदिवसीयमा डेब्यु गरेका छन् । यस्तै नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ । यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको छ ।

प्रतिक्रिया