लागुऔषधसहित अजय पक्राउ

पालिका डायरी
६ चैत्र २०७८, १९:४५
लागुऔषधसहित अजय पक्राउ

हेटौंडा /  लागूऔषधसहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा हेटौंडा–१४ घर भई हेटौंडा–२ मा डेरा गरी बस्ने २१ बर्षीय अजय गोलेलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

अजयको कोठाबाट प्रहरीले डाईजेपाम ५८ एम्पुल, फेनार्गन ५७ एम्पुल, नुर्फिन ५७ एम्पुल गरी १७२ एम्पुल, लागुऔषध नाईट्रोभेट ८१ ट्याब्लेट , लागुऔषध ओनरेक्स ३ बोतल, ट्रामाडोल २१ क्याप्सुल बरामद भएको छ । प्रहरीले अजयको साथबाट नगद २९ हजार ६ सय ५० रुपैयाँ पनि बरामद गरेको छ । प्रहरीले गोलेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया