चियाका पारखी ज्यादा क्रिएटिभ

पालिका डायरी
५ चैत्र २०७८, ११:०५
चियाका पारखी ज्यादा क्रिएटिभ !

चिया पारखीहरु चिया पिउने कुनै मौका खेर जान दिँदैनन् । गफ गर्न होस् या भेटघाट, चियाको लत लागेकाहरु बहाना खोजिरहेका हुन्छन् ।

 

अब उनीहरुलाई अर्को बहना थपिएको छ । बेइजिङस्थित पेर्किङ विश्वविद्यालयले गरेको एक अनुसन्धानले चिया पिउने मानिसको क्रिएटिभिटी बढ्ने देखाएको छ ।अध्ययनका अनुसार चिया पिउँदा मानिसको ध्यान केन्द्रित गर्ने क्षमता बढ्न गई सिर्जनशीलतामा पनि सकारात्मक प्रभाव पर्छ ।

चियाले कसरी ध्यान केन्द्रित गराउँछ ?

चियामा भएको कफिन र थियनाइनले सजगता बढाइराख्न सहयोग गर्छ । अध्ययनका अनुसार, एक कप चिया पिएपछि जोसुकैले फ्रेस महसुस गर्छ । मनोवैज्ञानिकको टिमले २३ वर्ष उमेर समूहका ५० विद्यार्थीमाथि गरेको अनुसन्धानमा २५ जनालाई कालो चिया र २५ जनालाई पानी पिउन दिएको थियो ।

उनीहरुले पानी पिउने विद्यार्थीको तुलनामा चिया पिउने विद्यार्थीको सिर्जनशीलता र सम्झने शक्तिमा वृद्धि भएको दाबी गरेका छन् । यसको मतलब जतिसक्दो धेरै चिया पिउनू भन्नेचाहिँ होइन । अध्ययनले कुनै पनि चिज ज्यादा प्रयोग गर्दा बेफाइदा हुने उल्लेख गरेको छ । र, यो चिया पिउनुमा पनि लागू हुन्छ ।

प्रतिक्रिया