नेपालविरुद्ध यूएईले रोज्यो ब्याटिङ

पालिका डायरी
४ चैत्र २०७८, ११:५९

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले यूएईको सामना गर्दैछ।

पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध जित निकालेको टिमले दोस्रो खेलमा यूएईको सामना गर्न लागेको हो।

सवा ११ बाट सुरु हुने खेलमा आयोजक यूएईले टस जितेर ब्याटिङ राजेको छ। यसअघि पपुवा न्युगिनीले पनि टस जितेर ब्याटिङ राजेको थियो। सो खेलमा नेपालले पीएनजीविरुघ संघर्षपूर्ण जित निकालेको थियो।

नेपाल आजको खेलमा पनि जित निकाल्दै दुई अंक जोड्ने दाउमा हुनेछ नेपालले आजको खेलमा जित निकाल्न सके नेपालले १२ अंक बनाउनेछ। यदि नेपालले आउँदा दुई खेलमा जित निकाल्ने हो भने नेपाल चौथो स्थानमा पुग्नेछ।

सात टिम सम्मिलित प्रतियोगितामा अहिले नेपाल पुछारबाट दोस्रो स्थानमा छ।

नेपालको प्लेइङ सेट

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल ऐरी, सागर ढकाल, करण केसी, रोहित पौडेल, सोमपाल कामी

प्रतिक्रिया