सुनाचुरीमा बस दुर्घटना,दुईजनाको मृत्यु

पालिका डायरी
४ चैत्र २०७८
accident

हेटाैंडा /  मनहरी  ६ स्थित सुनाचुरीमा बस दुर्घटना भएको छ । हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ४ ख ४४५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले जनाएको छ ।

ज्यान गुमाउनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि चितवनका अस्पतालहरुमा पठाइएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रतिक्रिया