युक्रेनी सेनाले मिसाइल आक्रमण गर्दा २० जना रुसी नागरिकको मृत्यु, २८ जना गम्भीर घाइते

पालिका डायरी
१ चैत्र २०७८, ११:३५
युक्रेनी सेनाले मिसाइल आक्रमण गर्दा २० जना रुसी नागरिकको मृत्यु, २८ जना गम्भीर घाइते

युक्रेनी सेनाको मिसाइल आक्रमणबाट युक्रेनकै डोनेत्स्क क्षेत्रमा २० जना रुसी नागरिकको मृत्यु भएको रुसले जनाएकाे छ ।

युक्रेनी आक्रमणमा बालबालिका सहित २८ सर्वसाधारण गम्भीर घाइते भएको पनि रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सकको मध्य भागमा युक्रेनी सेनाले मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको बताउनुभएको हो । दोनेत्सक रुस समर्थक पृथकतावादीको पकड रहेको क्षेत्र हो ।

साे क्षेत्रलाई गत महिना रुसले स्वतन्त्र राष्ट्रको मान्यता दिएकोथियो ।

प्रतिक्रिया