साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

पालिका डायरी
३० फाल्गुन २०७८, ०६:५७
साउदी अरबका विदेश मन्त्री आज नेपाल आउँदै

काठमाण्डाै / साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसल विन फहरन अल साउद आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फाइसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग पर्सि भेटवार्ता गर्ने तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया