बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट संगीतकार जंगम सम्मानित

पालिका डायरी
२८ फाल्गुन २०७८, १५:४१
बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट संगीतकार जंगम सम्मानित

हेटाैंडा / भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ । भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार हेटौंडामा प्रतिष्ठानले एक सांगीतिक समारोहका बीच उक्त पुरस्कार प्रदान गरेको हो । २०१० सालमा भक्तपुरमा जन्मिएका संगीतकार जंगम विगत ५६ वर्षदेखि संगीत क्षेत्रमा आवद्ध रहँदै हालसम्म चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सयभन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् ।

हेटौंडा व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ सालदेखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइरहेको छ ।

प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एलबी क्षेत्रीको प्रमुख अतिथ्यतामा वरिष्ठ संगीतकार जंगमलाई एक लाख नगदसहित दोसल्ला ओडाएर पुरस्कृत गरिएको थियो ।यस्तै, भीमविराग युवा संगीत पुरस्कार २०७८ बाट लोकप्रिय गायक शिव परियारलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
bijuli maya